जनकपुरधाम । मानव वेचविखन कार्यमा संलग्न एक महिलासति तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २६ वर्षीय रूपेश कुमार मिश्र, जनकपुरधाम–२३ लादोवेला टोल वस्ने २३ वर्षीय दिल महमद साह र महोतरीको मटिहानी नगरपालिका वडा नं. २ विल्टाहा टोल बस्ने २० वर्षीया रानी भन्ने मुस्कान मण्डल रहेका छन् ।

गएको भदौ १२ गते धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वा रेल्वे स्टेशन हुँदै २ जना बालिकालाई घर डेराबाट ललाई फकाई भारतको दिल्ली तर्फ वेचविखन गर्ने उदेश्यले लगिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले जनकनन्दनी गाउँपालिका वडा नं. १ ईनर्वा रेल्वे स्टेशनमा जनकपुरबाट जयनगर तर्फ जाँदै गरेको रेलबाट २ जना बालिकालाई उद्धार गरि भारत तर्फ वेचविखन गर्ने उदेश्यले लगि रहेका उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्क्राउ परेका तीनै जनालाई मानव वेचविखन तथा ओसारपसार मुद्दा शिर्षकमा म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित खवर