जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष मधेश प्रदेशका तीन जिल्लाबाट सिफारिस हुने पक्का छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको लागि सिरहा र बारा जिल्लाबाट अध्यक्ष यादवको नाम सिफारिस भइसकेको छ भने सप्तरीबाट हुने पक्का छ ।

सिरहा क्षेत्र नम्बर १ र २ बाट पनि अध्यक्ष यादवको नाम सिफारिस भएको छ । शनिबार बसेको क्षेत्रीय बैठकले अध्यक्ष यादवको नाम प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरेको हो । सिरहा–२ बाट अध्यक्ष यादवसँगै मधेश प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवको नाम पनि सिफारिस भएको हो । पूर्व मन्त्री शत्रुधन प्रसाद सिंह कोइरीको नाम पनि प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरिएको हो । यसअघि गएको भदौ १२ गते बारा जिल्लाको क्षेत्र नं. ३ बाट पनि अध्यक्ष यादवको नाम सिफारिस गरिएको थियो । उनी बारा र सिरहाबाट पनि सिफारिस भएपछि कहाँबाट चुनाव लड्ने निश्चित छैन् ।

०७४ को निर्वाचनमा सिरहा २ बाट नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास निर्वाचित भएका थिए । नेकपा एमालेसँग गठबन्धन भएको अवस्थामा उनले २० हजार १४८ मत ल्याएर जितेका थिए ।

उनको निकटम प्रतिद्धन्दी तत्कालिन संघीय समाजवादी फोरमका शत्रुधन प्रसाद सिंह १७ हजार २६० मत पाएका थिए । यस्तै काँग्रेसका उम्मेदवार रामचन्द्र यादव पनि १५ हजार ५९७ मत ल्याएर तेस्रो भएका थिए । उनी ०७४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्वर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । सप्तरी–२ बाट अध्यक्ष यादवको एकल नाम सिफारिस हुने जसपा मधेश प्रदेश समितिका मुख्यसचिव दिनेश यादवले बताए । सप्तरीको अन्य क्षेत्रबाट पनि उहाँको नाम सिफारिस हुन सक्छ, मुख्यसचिव यादवले भने–तर, क्षेत्र नं. २ बाट उहाँको एकल नाम सिफारिस हुन्छ । अहिले क्षेत्रीय समितिको बैठक बस्न नसकेकोले नाम सिफारिसमा ढिलाई भएको उनले बताए आगामी एक÷दुई दिन भित्रै उहाँको नाम सिफारिस गरेर पठाइने उनले बताए ।

सम्बन्धित खवर