जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आगामी चुनाव नलड्ने घोषणा गरेका छन् । जनकपुरधाममा बुधबार आयोजित क्षेत्रीय कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले आगामी निर्वाचनमा आपूmले चुनाव नलड्ने घोषणा गरेका हुन् । यसअघि उनी धनुषाबाहेक अन्य जिल्लाबाट चुनाव लड्ने अनुमान गरिएको थियो । तर, उनले बुधबार प्रत्यक्ष चुनाव लड्ने च्याप्टर बन्द गरेका छन् ।े आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्पm जाने नेता निधिले बताए ।

प्रत्यक्षबाट चुनाव नलडेपनि समानुपातिक सांसदको रुपमा संसदमा प्रवेश गर्ने उनले प्रष्टयाए । २०७४ सालको चुनावमा उनी धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट लडेका थिए । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले उनलाई पराजित गरेका थिए ।्

समानुपातिक सांसद भएपनि अनाथ नबुभ्mन धनुषा क्षेत्र नं. ३ का नेता कार्यकर्ताहरुलाई आग्रह गर्दछु ।’

काठमाण्डौंमा मात्र नभई मधेशका कुनैपनि जिल्लाको क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको कुनैपनि क्षेत्रबाट चुनाव लड्न तयार रहेको नेता निधिको भनाइ थियो ।

उनले प्रदेश सांसदमा रामसरोज यादव सबैभन्दा अनुभवी रहेकाले आफूले यादवलाई प्रतिनिधिसभा सदस्यको अभिभारा उठाउन भनेको बताए । नेता निधिले क्षेत्रबाट हुने सिफारिसहरुमा विलम्व नगर्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।

कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, सांसद स्मृती नारायण चौधरी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

यसअघि नेता निधिले बुधबार नै काठमाण्डौस्थित पार्टीको बैठकमा लोसपालाई गठबन्धनमा समेट्नुपर्नेमा जोड दिएका थिए ।

नेपाली काँग्रेसको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सत्ता गठबन्धनमा ल्याउन काँग्रेस शीर्ष नेताहरुको बैठकमा नेता शेखर कोइराला, विमलेन्द्र निधि लगायतले जोड दिएका थिए ।

यसबारे गठबन्धनमा छलफल हुनुपर्ने उनीहरुले धारणा राखेको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको आवश्यकता र औचित्यका विषयमा प्रकाश पारेका थिए । उनीहरुले गठबन्धन नगरी कसैको पनि बहुमत पुग्ने अवस्था नरहेकाले चुनावी गठबन्धन आवश्यक रहेको बताएका थिए ।

बैठकमा नेता कोइरालालगायतले गठबन्धन गर्दा पार्टीलाई १०० सिटभन्दा चाहिने धारणा राख्दै सोहीअनुसार अडान राख्न सुझाव दिएका थिए । कम्तिमा १०० सिट नपाउने अवस्थामा वस्तुगत यथार्थ अनुसार भागबण्डा हुनुपर्नेमा उनीहरुको जोड थियो ।

सम्बन्धित खवर