जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का कार्यकारिणी समिति सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाले नेकपा एमालेमा प्रवेश गर्न लागेको खबरमा सत्यता नरहेको बताएका छन् ।

जनकपुर संचारसित बिहीबार संक्षिप्त कुरा गर्दै नेता अरगरियाले आपूm अहिले मधेशवादी दलबीच कम्तीमा चुनावी गठबन्धनको लागि प्रयासरत्त रहेको बताए ।

आगामी निर्वाचनमा विचार, मुद्दा, राजनीतिक एजेण्डा मिल्ने मधेशवादी दलहरुसित निरन्तर सम्पर्कमा रहेको लोसपा वार्ता टोली संयोजक समेत रहेका नेता अरगरियाले बताए ।

लोसपाले मुद्दा मिल्ने मधेशवादी दलहरुसित एकीकरण नभए कम्तीमा चुनावी गठबन्धन गर्नको लागि नेता अरगरियाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीका सदस्यहरुमा केशव झा र सुरेन्द्र झा रहेका छन् । आपूm अहिले चुनाव केन्द्रित कार्यक्रमहरुमा जुटेको बताउँदै नेता अरगरियाले अहिले कुनै पार्टीमा जाने इच्छाबाट इन्कार गरे । मधेशवादी दलहरु बीच गठबन्धनको प्रयास सफल नभएपछि सोच्न सक्ने उनले बताए ।

डा. सीके राउत नेतृत्वका जनमत पार्टीसित पनि चुनावी गठबन्धन गर्नेबारे एकचरणको छलफल भएको उनले दावी गरे । जनमत पार्टीका अध्यक्ष डा. राउतसित गठबन्धनबारे जनकपुरमै छलफल गर्ने उनले बताए ।

रेशम चौधरीसित पनि छलफल भएको उनले बताए । चुनावी गठबन्धनबारे नेकपा एमालेसित पनि छलफल भइरहेको उनले स्वीकारे । वृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीसित पनि जनकपुरमा गठबन्धनबारे छलफल गर्ने योजना रहेको नेता अरगरियाले बताए । यसअघि लोसपाले जनता प्रगतिशील पार्टी नेपालबीच सित गठबन्धन गर्ने निर्णय गरिसकेको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा जनता प्रगतिशील पार्टीसँग गठबन्धन गर्ने सहमति भएको लोसपा प्रमुख सचेतक समेत रहेका नेता अरगरियाले बताए ।

सम्बन्धित खवर