जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका पूर्व उपसभापति संतोष यादव पार्टीका नेताप्रति रोष प्रकट गरेका छन् । नेतृत्व तहले आप्mनो मूल्यांकन नगरेको आरोप उनले लगाए । पार्टीको जिल्ला अधिवेशनदेखि स्थानीय तहको निर्वाचनसम्म धनुषाका नेताहरुले आपूmलाई बाईपास गरेर हिडेको आरोप लगाए ।

जिल्ला अधिवेशनमा आपूmभन्दा कनिष्ट नेतालाई जिल्लाको नेतृत्व दियो–उनले भने–स्थानीय तहमा पनि उनीहरुले सम्मान गरेनन् ।

जिल्ला सभापतिमा निर्वाचित भएका नेताले स्थानीय तहको चुनावमा भाग लिन पाउँछ, उनले भने–जिल्ला सभापतिमा पराजित भएका उम्मेदवारले स्थानीय तहमा लड्न पाउँदैन् । यो बाइपास होइन । २०४६, २०६२÷०६३ को आन्दोलनमा कारागार परेको ३५ वर्षदेखि निरन्तर कांगे्रसको सिपाहीको रुपमा काम गर्दै आएको छु । तर, पनि धनुषा जिल्लामा निधिज्यू, निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र यादव र डा. चन्द्रमोहन यादव नै नेता छन् । उनीहरु हारे पनि जिते पनि । प्रत्यक्ष र समानुपातिक दुवैमा उनीहरुले नै अवसर पाउने हो । स्थानीय तहको निर्वाचन ताका आपूmले पालिका अध्यक्षको टिकट माग्दा प्रदेशसभाको टिकट दिने प्रतिबद्धता जनाएर अहिले ब्याक भएका छन् । पाँच दलीय गठबन्धनको भागवण्डामा धनुषा–४ (क) कांग्रेसको भागमा नपर्ने भएको छ । यस्तो अवस्थामा महेन्द्र यादवले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र डा. यादव समानुपातिकतर्पm आप्mनो नाउँ सुरक्षित गरेका छन् । यस्तो स्वार्थको राजनीतिमा लागेर केही नहुने भएकाले सबै विकल्प खुला रहेको उनले जनकपुर संचारलाई बताए ।

सम्बन्धित खवर