जनकपुरधाम । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको नाम प्रदेशसभा सदस्यको लागि सिफारिस भएका छन् ।

आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि नेपाली कांग्रेसले धनुषा–३(क) बाट मन्त्री यादवको नाम सिफारिस गरेको हो ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको विशेष उपस्थितिमा भएको प्रदेश स्तरीय बिस्तारित बैठकबाट यादवको नाम सिफारिस गरिएको हो ।

यादव २०७४ को निर्वाचनमा पनि धनुषा क्षेत्र नम्बर–३(क) बाट निर्वाचित भएका थिए ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि धनुषा–३(क) को प्रत्यक्षतर्फ उनको नाम सिफारिस भएको हो ।

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ (क) को प्रदेश स्तरीय बिस्तारित बैठकबाट प्रत्यक्ष तर्फको उम्मेदवारमा यादवको नाम सिफारिस गर्ने निर्णय गरिएको बताइएको छ ।

त्यस्तै, समानुपातिकतर्फ १० पुरुष र ५ जना महिलाको नाम प्रस्ताव भएको छ ।

समानुपातिकतसम्बन्धी निर्णय गर्नका लागि पार्टीको महाधिवेशन प्रतिनिधिसमेत रहेका संसदीय दलका नेता रामसरोज यादव, क्षेत्र नम्बर ३ (क) का सभापति छेदी राउत र क्षेत्रीय सभापति धीरेन्द्रकुमार निधिसहित ३ जनाको समिति बनाइएको छ ।

उनीहरू तीनैजनाले समानुपातिक उम्मेदवारको नाम छनोट गर्ने जिम्मेवारी पाएका छन् ।

सम्बन्धित खवर