राजविराज । जनता समाजवादी पार्टी(जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी–२ र ३ बाट सिफारिस भएको छ ।
जसपा क्षेत्र न.२ को क्षेत्रीय समितिको बैठकले अध्यक्ष यादवको नाम प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरेको हो । यस्तै जसपा क्षेत्र नं. ३ को बैठकले पनि अध्यक्ष यादवको नाम प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरेको छ ।
क्षेत्र नं ३(क)मा ई संजिवनारायण यादव र (ख)मा विन्देश्वर यादव बिक्कीको नाम प्रदेशसभा सदस्यको लागि सिफारिस गरिएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष यादवको नाम यसअघि सिरहार र बारा जिल्लाबाट सिफारिस भइसकेको छ ।
सप्तरी क्षेत्र नम्वर ३ बाट अध्यक्ष यादवसहित ४ जनाको नाम सिफारिस भएको छ । शिवराम साह, शैलेन्द्र साह, कैलास यादव र विशेश्वर रजक पनि सिफारिसमा परेका हुन् ।
त्यस्तै बाराको दुई निर्वाचन क्षेत्र नं. ३ बाट पनि जसपा अध्यक्ष यादवको नाम सिफारिस गरिएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech