राजविराज । सप्तरीको महादेवा गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि नेता कार्यकर्ता जनता समाजवादी पार्टी(जसपा)मा प्रवेश गरेका छन् ।
महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष दीपक कुमार यादवको नेतृत्वमा काँग्रेस, एमाले, माओवादी, लोसपा लगायतका पार्टी परित्याग गरि नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन ।
जसपा महादेवा गाउँपालिकाद्वारा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशी नेता कार्यकर्तालाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पुष्पमाला लगाएर पार्टी प्रवेश गराए ।
जसपा महादेवा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) का सांसद मनिष कुमार सुमन, पार्टीका केन्द्रिय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. सूर्य नारायण यादव, पार्टीका राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, मधेश प्रदेश सांसद नेत्रविक्रम साह, राजनीतिक समिति सदस्य अमरनाथ मण्डल, शिव बहादुर बस्नेत, केन्द्रीय सदस्य अशोक यादव, केन्द्रीय सदस्य विकास तिवारी, दिल कुमारी चौधरी, सविता यादव, गीता यादव, मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादव, सचिव युसुफ अलि, जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतका पार्टीका केन्द्र प्रदेश, जिल्ला र स्थानीय तहका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech