वीरगंज । वीरगञ्ज महानगरपालिका नगर कार्यपालिकाको बैठकले वीरगञ्ज विकास प्राधिकरण गठन प्रस्ताव स्वीकृत गरेको छ ।
महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।
बैठकमा बोर्ड सदस्यहरुले आ–आफ्ना धारणा राख्ने क्रममा चित्त नबुझेको कुरा मेयरसमक्ष राख्नुपर्नेमा मतभिन्ता समेत भएको थियो । मत बाँझिएपछि मेयर सिंहले केही समयका लागि बोर्ड बैठक स्थगित गरेका थिए ।
केही समयपछि पुनः शुरु भएको बोर्ड बैठक सर्वसहमतिका साथ निर्णय गरेर सम्पन्न भएको छ । बैठकमा पेश गरिएका एजेण्डाहरुमा कार्यपालिका सदस्यहरुले आआफ्नो धारणा राखेका थिए । बैठकमा आर्थिक वर्ष २०७९÷८० को नगर दररेट स्वीकृति सम्बन्धमा पनि छलफल भएको थियो ।
त्यसैगरी करारतर्फका कर्मचारीहरुको म्याद थप गर्ने, कार्यविधि स्वीकृति गर्ने, लेखा समिति कार्यविधि, सुशासन समिति कार्यविधि, कवाडी करको दर रेट संशोधन, कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउोन औषधी व्यवस्था विभाग वीरगञ्जको पत्र, आर्थिक सहायता लगायका विषयमा छलफल भएको मेयर सिंहले जानकारी दिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech