मलगंवा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा) नेपालका सर्लाही जिल्ला ईन्चार्ज तथा मधेश प्रदेश मामिला सभापति अशोक यादवको नाम संघ तथा प्रदेश दुवैमा सिफारिस गरिएको छ ।
जसपाको क्षेत्रीय र जिल्ला कार्य समितिको बैठकले यादवको नाम सर्लाहीको क्षेत्र नं २ बाट प्रतिनिधि सभा र क्षेत्र न. २ (ख) बाट प्रदेश सभा सदस्यका लागि सिफारिस गरिएको जिल्ला कार्य समिति सर्लाहीले जनाएको छ ।
नेता यादव मधेश र मधेसी जनताहरुलाई आइपरेका समस्याहरुको समाधानका लागि जिल्ला,प्रदेश र केन्द्रसम्म पुगेर आवाज उठाउँदै आइरहेको र केही हदसम्म समस्याहरुको समाधान समेत गरेकोले उनी सर्लाहीमा लोकप्रिय छन् ।
पार्टीले नेता यादवको योग्यता र संघर्षको सहि मुल्यांकन गरेर अब आउने चुनावका लागि संघ तथा प्रदेश दुबैमा चुनाव लड्न सिफारिस गरेर जनहितको काम गरेको भन्दै क्षेत्र न.२ का जनताले पार्टीको सो निर्णयको स्वागत गरेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech