लहान । नेपाली कांगे्रेसले सिरहा–३ बाट प्रत्यक्षतर्पm आमा छोराको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ पार्टीका निवर्तमान कोषाध्यक्ष समेत रहेकी सीता देवी यादव र उनका छोरा डा.सुभाष चन्द्र यादवको नाम सिफारिस गरेको छ ।
सिरहा जिल्ला निर्वाचन क्षेत्र नंं. ३ रामचन्द्र पौडेल पक्षको बिहीबार बसेको क्षेत्रीय बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि आमा छोराको नाम सिफारिस गरेको हो । यसअघि बिहीबार नै शेरबहादुर देउवा पक्षबाट पार्टी जिल्ला सभापति रामचन्द्र यादवको नाम सिफारिस गरिएको थियो दोश्रो संविधानसभा चुनावमा तत्कालीन क्षेत्र नं. ३ बाट सीता निर्वाचित भएकी थिइन् ।
। २०७४ सालको आम चुनावमा समानुपातिकतर्पm परेकी नेतृ सीता यादव आगामी निर्वाचनमा छोरासँगै प्रत्यक्षको लागि सिफारिस भएकी छन् । गत चुनावमा समानुपातिकमा रहेपनि आगामी चुनावमा प्रत्यक्षमा सिफारिस भएकी हुन् । उनका छोरा डा. सुभाष चन्द्र यादव यसअघि २०७४ सालको आमचुनावमा प्रदेशसभा सदस्यमा लडेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुखमा पनि डा. यादव चुनाव लडेर पराजित भएका थिए । गत वर्ष मात्रै नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा पराजित भएका हुन् । उनलाई आमासँगै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको लागि सिफारिस गरिएको छ ।
क्षेत्रीय कमिटीको बैठकले सीतादेवी र डा. सुभाषचन्द्रको नाम सिफारिस गरेको स्थानीय नेता धनेश्वर यादवले बताए ।
उनले भने, ‘उम्मेदवार सिफारिस गर्न क्षेत्रीय समितिलाई अधिकार दिएको छ । तर, रामचन्द्र यादवले आफूखुसी उम्मेदवारी घोषणा गरे । क्षेत्रीय कमिटीले आधिकारिकरूपमा सीतादेवी र डा. सुभाषचन्द्रलाई उम्मेदवार सिफारिस गरेको छ ।’
क्षेत्र नम्बर ३ का ८० सदस्य मध्ये ७० जनाले ‘सितादेवी र डा. सुभाषचन्द्रलाई उम्मेदवार सिफारिस गरेको उनले दावी गरे ।
आमाछोरासर्वसम्मतले उम्मेदवार सिफारिस भयो । रामचन्द्रजी त पार्टीमा भाँडभैलो मच्चाउन आफैंलाई उम्मेदवार घोषणा गरेको उनले दावी गरे ।
७४ मा यस क्षेत्रबाट कांग्रेसका अमर रेग्मी पराजित भएका थिए ।
यस्तै ती क्षेत्रबाट समानुपातिक तर्फ महासमिति सदस्य अमर रेग्मीको नाम सिफारिस भएको हो । सिरहा क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्यका लागि क्षेत्रीय सभापति संजय प्रकाश यादव, गंगाराम यादव, नगर सभापति आशिष लाल यादवको नाम सिफारिस गरेका छन । यस्तै समानुपातिक तर्फ योगेन्द्र नारायण बरबरिया र महिला तर्फ बिना कुमारी यादवको नाम सर्वसम्मतले पारित गरेको छ । सिरहा–३ बाट हाल नेकपा एमालेका लीलानाथ श्रेष्ठ सांसद छन् । ती क्षेत्र गठबन्धनले पाए नेपाली कांग्रेसको कोटामा जाने सम्भावना बढी छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech