जनकपुरधाम । नेपाली कांग्रेसले सिरहा–२ (ख)बाट प्रत्यक्षतर्पm युवा नेता ई. अजित यादवको नाम सिफारिस गरेको छ ।

कांग्रेस सिरहा–२ (ख) को बसेको क्षेत्रीय समितिको बैठकले युवा नेता ई. यादवको नाम प्रत्यक्षतर्पm सिफारिस गरेको हो ।

विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय उनी केही वर्ष यता मुलधारको राजनीतिमा लागेका हुन् । पार्टीका मधेश प्रदेशका महाधिवेशन प्रतिनिधि समेत रहेका भिजनरी नेता ई. यादवको युवा जमातमा राम्रो पकड रहेको छ । उनी धनुषामा रह्दा पनि आप्mनो क्षेत्रका नागरिकको लागि चिन्तित रह्ने गरेका छन् । आप्mनो गाउँ ठाउँको लागि केही गर्नुपर्ने विचारधाराका ई. यादवले समाजलाई अघि बढाउन युवाहरुले नेतृत्व लिनुपर्ने तर्क गर्दै आएका छन् ।

गणतन्त्र नेपालको पहिलो स्ववियु सभापति समेत रहेका ई. यादवले आगामी निर्वाचनमा प्रदेशसभा सदस्यको लागि प्रत्यक्षतर्पm उम्मेदवारीको तयारीमा जुटेका छन् । नेपाल विद्यार्थी संघका अन्तपराष्ट्रिय सदस्य समेत ईं यादव नेपाल इन्जिनियर्स एशोसिएशन मधेश प्रदेशका निवर्तमान सचिव हुन् ।

सम्बन्धित खवर