जनकपुरधाम । नेपाली कांग्रेस धनुषा जिल्ला पूर्व उपसभापति संतोष यादवको नाम प्रदेशसभा क्षेत्र(क) बाट सिफारिसमा परेको छैन् । शुक्रबार लक्ष्मीनियाँ बजारमा धनुषा–४ (क) कौ बैठकले प्रत्यक्ष र समानुपातिकतर्पmका नाम सिफारिस गरेको छ । प्रत्यक्ष तर्पm सिफारिस गरिएको पाँच जनामा जिल्लाका पूर्व उपसभापति यादव अटाएका छैनन् । केहीदिन देखि उनी पार्टी जिल्लाका नेताहरुसित रुष्ट छन् । शुक्रबारको बैठकमा आउनको लागि जानकारी गराएको थियो, जिल्ला सचिव विजय यादवले भने–तर, उहाँ बैठकमा आउनुभएन् । उनको नाम प्रदेशसभा सदस्य प्रत्यक्ष र समानुपातिक कुनैबाट सिफारिस नभएको सचिव यादवले बताए । धनुषा–४(क) बाट प्रत्यक्षतर्पm पूर्व जिल्ला सचिव कोमलकान्त झा, प्रदेशसभा क्षेत्रीय सभापति योगनारायण यादव, शिवशंकर यादव, विक्रम यादव लगायतका छन् । समानुपातिकतर्पm क्षेत्र नं. ४ का क्षेत्रीय सभापति कुमरकान्त झा, बुलन यादव, इब्राहिम राइन, नबल यादव लगायत १५ जनाको नाम सिफारिस गरिएको छ । धनुषा प्रतिनिधिसभा क्षेत्र नं. ४ को बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि नाम सिफारिस गर्ने छन् । हालै सम्पन्न पार्टीको १४औं जिल्ला अधिवेशनमा सभापतिमा पराजित संतोष यादवले पार्टी छाड्ने चर्चा छ । पार्टीले आप्mनो सही मूल्यांकन नगरे अन्य पार्टीतिर जाने संकेत उनले गरेका छन् । उनी नेकपा एमालेतिर जाने चर्चा छ ।

सम्बन्धित खवर