सिरहाको नरहा गाउँपालिका ५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । घरमै रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर स्थानीय २२ वर्षीय सुनिल यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । करेन्ट लागेर सख्त घाइते भएका यादवलाई तत्काल सिरहाको धनगढीमाई नपा ९ स्थित आरके मेरीसीटी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष हुकुमदेव यादवले जानकारी दिए । शव पोष्टमार्टमका लागि लहान अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech