नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म महामारीमा १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन् । शुक्रबार पनि तिन जना सङ्क्रमितले ज्यान गुमाएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय जनामा सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिबाट थप ३३९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ६४२ पुगेको छ । त्यस्तै, २ लाख ९७ हजार ११५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech