वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश सभा समन्वय समिति पर्सा–३ को (क) ले प्रत्यक्षबाट प्रदेश सभा सदस्यको उम्मेदवारको लागि ४ जनाको नाम सिफारिस गरेको छ ।

प्रदेश सभा क्षेत्रीय समन्वय समितिका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले प्रत्यक्ष तर्फ पर्सा क्षेत्र नं. ३ (क) को प्रदेश सभा सदस्यको उम्मेदवारको लागि शिव कुमार साह, प्रमोद कुमार जयसवाल, मन्जुर अन्सारी र अनिल राउत कुर्मीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव जवाहर प्रसाद कोइरीले वताए । अन्सारी वर्तमान प्रदेश सभा सदस्य हुन् ।

यसैगरी प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवारको लागि १५ जनाको नाम सिफारिस गरिएको उनले जाकारी दिए ।

उनका अनुसार प्रदेश सभा सदस्यको समानुपातिक बन्दसुचीको लागि हफिन खातुन, अमिन खातुन, पुनित देवी गिरी, रबि नेशा खातुन, शिव साह तेली, नागेन्द्र प्रसाद यादव, श्रीराम गिरी, गौरीशंकर मण्डल, रामदिनेश पंडित, गणेश महरा, रामबालक महरा, सिकेन्द्र प्रसाद सहनी, मोताब मियाँ धोबी, उमेश राउत कमकर र सलिम मियाँको नाम सिफारिस भएको छ ।

 

 

सम्बन्धित खवर