वीरगञ्ज । जनता समाजवादी पार्टी(जसपा) पर्सा–१ (ख) बाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको एकल नाम सिफारिस गरेको छ ।

जसपा पर्साको प्रतिनिधिसभा क्षेत्र नं.१ (ख) का अध्यक्ष रमेश प्रसाद यादवको अध्यक्षतामा बसेको क्षेत्रीय समितिको बैठकले प्रदेशसभा सदस्य उम्मेदवारको लागि मुख्यमन्त्री राउतको एकल नाम सिफारिस गरेको हो ।

समितिले पर्सा निर्वाचन क्षेत्र नं.१ को (ख) मा प्रत्यक्ष तर्फ मुख्यमन्त्री राउतको एकल नाम सर्वसम्मतले सिफारिस भएको छ जसपा पर्साले जनाएको छ । २०७४ को निर्वाचनमा मुख्यमन्त्री राउत पर्सा–१(ख) बाट निर्वाचित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट उनी फराकिलो मत अन्तरले कांगे्रेसका उम्मेदवारलाई पराजित गरेका थिए ।

क्षेत्रीय समितिको बैठकले सामानुपातिक तर्फ भिमा यादव, जमिला खातुन, शशी गुप्ता, प्रेम कुमारी सिंह क्षेत्री, राम दरश प्रसाद, सलाउद्दिन मियाँ अन्सारी, अयुब मियाँ, बिरेन्द्र यादव, लालदेव प्रसाद यादव, नुरुल होदा फकिर, ईश्वर चन्द्र यादव र श्याम बाबु प्रसाद चौरसियाको नाम सिफारिस गरेको छ ।

सम्बन्धित खवर