जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) धनुषा क्षेत्र नं.२ बाट पूर्वमन्त्री उमाशंकर अरगरियाको एकल नाम सिफारिस भएको छ ।
लोसपा क्षेत्रीय अध्यक्ष मनिक लाल मण्डलको अध्यक्षतामा शनिबार बसेको बैठकले पार्टीका कार्यकारिणी समिति सदस्य समेत रहेका नेता अरगरियाको एकल नाम सिफारिस गरेको हो ।
लोसपा क्षेत्र नं.२ क्षेत्रीय समितिको बैठकले प्रदेश सभा सदस्य (क) बाट प्रत्यक्ष तर्फ सुनिल कुमार यादव, संजय कुमार साह, राम कुमार यादव भिनवार, सरोज कुमार महरान र संजय कुमार यादवको नाम सिफारिस गरेको छ । प्रदेश सभा सदस्य “ख“ बाट प्रत्यक्ष तर्फ रामेश्वर यादव, चन्द्रनारायण मण्डल, ईस्लाम कवारी र दिपेन्द्र मिश्र सिफारिस भएका छन् ।
प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फ गंगा प्रसाद रजक र घुरण यादवको नाम सिफारिस भएको छ । प्रदेश सभा सदस्य (क) बाट समानुपातिक तर्फ दिप्या देवी दास, कृष्ण कुमार मैरता, गणेश पासमान, विरेन्द्र प्रसाद यादव र नजिर कवारी तथा प्रदेशसभा क्षेत्र (ख) बाट समानुपातिक तर्फ रिता देवी ठाकुर हविव मंसुर, नवल कुमार दास, बेचनी देवी पण्डित, नरेश कुमार मण्डल, रेखा साह लगायतको नाम सिफारिस गरिएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech