जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) को महिला संगठन समाजवादी महिला संघको मधेश प्रदेश समिति पुर्नगठन गरिएको छ ।

जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा महोत्तरीको बर्दिवासमा शनिबार सम्पन्न प्रदेशस्तरीय भेलाले मधेश प्रदेश समिति पुर्नगठन गरेको हो ।

संजिला यादवको अध्यक्षतामा समाजवादी महिला संघ पुर्नगठन गरिएको हो । भेलाले लहानबाट ललिता यादव, सखुवानन्कारकट्टीबाट बिनिता यादवलाई सदस्य चयन गरेको छ ।

भेलामा राजनीति समिति सदस्य, केन्द्रीय समिति सदस्य लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको जसपाकी केन्द्रीय सदस्य ललिता विद्रोहीले बताइन् ।

सम्बन्धित खवर