जनकपुरधाम । नेकपा एमाले धनुषाको बैठकमा झण्डै हात हालाहाल भएको छ । केन्द्रीय सचिव रघुवीर महासेठको प्रमुख आतिथ्यमा शनिबार बसेको जिल्ला कार्य समितिको बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–१९ पिपराढीस्थित पार्टी प्यालेसमा शनिबार बसेको बैठकमा महासेठले एकलौटी गर्न खोज्दा यस्तो स्थिति उत्पन्न भएको एक जना जिल्ला सदस्यले बताए ।

धनुषा जिल्ला इन्चार्ज रामचन्द्र मण्डल पक्षले महासेठको विरोध गरेपछि शुरु भएको होहल्लापछि हात हालाहालको अवस्थामा पुगेको थियो । महासेठले जिल्लामा एकलौटी गरेको आरोप लगाउँदै धनुषा जिल्ला इन्चार्ज समेत रहेका मण्डलसहितका नेताहरु बैठक बहिष्कार गरेर निष्केका थिए । नेता महासेठले जिल्लाको चार वटै प्रतिनिधिसभा क्षेत्र र आठै प्रदेशसभा क्षेत्रमा क्षेत्रीय इन्चार्ज र सहइन्चार्जमा एकलौटी गरेको आरोप मण्डल पक्षको छ । जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा बसेको बैठकमा महासेठले आपूm निकटका कार्यकर्ताको नाम प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय इन्चार्ज र सहइन्चार्जमा सिफारिस गरेपछि पूर्व प्रदेशसभा सदस्य समेत रहेका नेता मण्डल आक्रोसित भएका थिए । नेता मण्डलसँगै जिल्लाका सहइन्चार्ज सविता यादव, शिला यादव लगायतले पनि बैठक बहिष्कार गरेर बाहिरिएकी थिइन् । नेकपा माओवादी छाडेर एमालेमा आएका नेता मण्डललाई महासेठले बाइपास गरेर अघि बढेको उनी निकट एक नेतृले बताइन् । महासेठले सुरुदेखि नै नेता मण्डललाई अलग्याएर हिडेको उनले आरोप लगाइन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता महासेठले आपूm अनुकूलको नेता कार्यकर्तालाई मात्रै नेतृत्व तहमा स्थान दिदै आएका छन् । नेकपा(एस) तिर लागेका नेता कार्यकर्ताहरु पनि महासेठसित असन्तुष्ट रहदै छुट्टै गुटमा थिए । उनीहरु नेकपा(एस)तिर लागेपनि नेता महासेठले एमाले धनुषामा गुटबन्दी कायमै राखेका छन् । उनले जिल्ला कार्य समितिका पदाधिकारी, जिल्ला सदस्यसहितलाई बाइपास गरेर पार्टी चलाएका छन् ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग