जनकपुरधाम । नेपाली कांग्रेसले धनुषा–४ बाट प्रत्यक्षतर्फ महेन्द्र यादव र डा. चन्द्रमोहन यादवको नाम सिफारिस गरेको छ ।
धनुषा–४ को शनिबार महेन्द्रनगरमा सम्पन्न क्षेत्रीय भेलाले पार्टीका सहमहामन्त्री यादव र केन्द्रीय सदस्य डा. यादवको नाम सिफारिस गरेको हो ।
२०७४ सालको चुनावमा दुवै जना पराजित भएका थिए । सहमहामन्त्री यादव प्रतिनिधिसभा र डा. यादव प्रदेशसभामा पराजित भएका थिए ।
आगामी मंसिर ४ गते हुन लागेको आमचुनावमा दुवै जना प्रतिनिधिसभामै सिफारिसमा परेका हुन् ।
क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाको समानुपातिक तर्फ काँग्रेसका धनुषा सभापति योगेन्द्र पजियार, तुलसा आचार्य र निर्मला कोइरालाको नाम सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेश सभा क्षेत्र नं. ४ (क) बाट प्रत्यक्ष तर्पm कोमलकान्त झा, योगनारायण यादव, श्यामचन्द्र यादव, शिवशंकर यादव र बिक्रम यादव सिफारिस हुनु भएको छ भने समानुपातिक तर्फ कुमरकान्त झा, बुलन यादव, नवलकिशोर यादव, रामवरण पासवान, मो.इबराहिम राइन, महेन्द्र यादव, चुनी शरण यादव, महेन्द्र साह, रामवरण रजक, रामहृदय मण्डल, रामविलास धुनिया, नसिन राइन, अशोक दास, शोभा देवी पुर्वे, सुन्दरकला रबिदास, रेणु यादव, सुरेश कोइराला, श्रीराम साह र शरिता यादवको नाम यसअघि नै सिफारिस गरिसकेको छ ।
क्षेत्र नं. ४ (ख) बाट प्रत्यक्ष तर्फ राजलाल महतो र रामकुमार भण्डारी सिफारिस भएका छन् भने समानुपातिक तर्फ भावना ढुंगेल, मोहनकुमार सिंह माथेमा, बासुलाल महतो, गुदर यादव, राजकुमार महतो, राजेन्द्र ठाकुर र दौलतिया देवीको नाम सिफारिस गरिएको छ । यस संगै कांग्रेसले धनुषाका ४ वटै क्षेत्रबाट उम्मेदवारको सिफारिस गर्ने कार्य टुंग्याएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech