सबै निर्वाचन क्षेत्रमा चुनावी तयारी अघि बढाउन अध्यक्ष यादवको निर्देशन
जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सबै क्षेत्रमा चुनाव लड्ने तयारी अघि बढाउने कार्यकर्तालाई निर्देशन दिएका छन् ।
महोत्तरीको जलेश्वरमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पहिचान र समानताको लागि जारी आन्दोलनको एउटा मोर्चा निर्वाचन पनि रहेकोले सबै क्षेत्रमा चुनाव लड्ने गरि तयारी अवस्थामा रहन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।
संघीयता र गणतन्त्र खतरामा परेको बेलामा जसपाले नेतृत्व लिएर जोगाएको स्मरण गराउदै अध्यक्ष यादवले संघीयता र गणतन्त्रको रक्षाको लागि आफुहरु अझै पनि गठबन्धनको पक्षमा रहेको बताए । गठबन्धनमा सबै सिट आफुलाई नै चाहिने प्रयास कतै बाट भए त्यो स्वीकार्य नहुने उनले स्पष्ट पारे । मधेशी दलित जनजाति लगायतका समुदायको सम्मानजनक सहभागिता आजको आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष यादवले त्यसो हुन नसके सबै सिटमा चुनाव लड्नु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराए ।
मधेश प्रदेश सरकारको पूर्व मुख्यन्यायाधीवक्ता दिपेन्द्र झासहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।
जसपा महोत्तरीले जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष यादवले झासहित लोसपा नेता हरि मण्डललाई पार्टीमा स्वागत गरेका छन् । एकडारा गाउँपालिका निवासी मण्डल २०७० को संविधान सभा निर्वाचनमा तमलोपाबाट उम्मेदवारी दिएका थिए । जलेश्वर उद्योग वाणिज्य संघका द्विद्धिय उपाध्यक्ष संतोष साह लगायत महोत्तरीको विभिन्न क्षेत्रका सयौ नेता कार्यकर्ता जसपा प्रवेश गरेका छन् ।
जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा भएको कार्यक्रममा जसपा कार्यकारिणी समिति सदस्य समेत रहेका मुख्यमन्त्री लालबाबु राउत, राजनीतिक समिति सदस्य हरिनारायण यादव, नवप्रवेशी दिपेन्द्र झा सहितका वक्ताहरुले आ आप्mनो मन्तव्य राखेका थिए ।
यसअघि शनिबार दिउँसो मुख्यन्यायाधीवक्ता झाले आप्mनो पदबाट राजिनामा दिएको पत्र मुख्यमन्त्री राउतलाई बुझाएका थिए । झा २०७४ साल फागुन ७ गते मुख्यन्यायाधीवक्तामा नियुक्त भएका थिए । प्रदेश सरकारको तर्पmबाट उनले संघीय सरकार विरुद्ध मुद्दाको पैरबी गरेका थिए । संघीय सरकारले प्रदेश सरकारको अधिकार खोस्न खोज्दा उनको सुझाव अनुसार मधेश प्रदेश सरकारले सर्वोच्च पुगेका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech