जनकपुरधाम । जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत सपहीस्थित निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण पूरा भएको छैन् । सञ्चालनमा रहेको पुल भत्काएर ६ लेन सडककालागि पुल बनाउन थालिएपछि लामो समयदेखि डाइभर्सन बनाएर आवतजावत भइरहेको छ । पुल निर्माण स्थलमा डाइभर्सनको संकेत नराखी गहिरो खाल्डो खनेर लापरवाही गर्दा पटक पटक सवारी दुर्घनामा यात्रुले ज्यान गुमाउनु परेको छ ।
जनकपुर–ढल्केबर सडक खण्डकै बसाही पुलमा समेत पुल नबन्दा दुर्घटना बढेको छ ।
जनकपर–ढल्केबार २६ किलोमिटरमा जनकपुर–सपही १२ किलोमिट खण्डको सडक समेत कालोपत्रे हुन सकेको छैन् भने सपहीदेखि ढल्केबर खण्डको सडक निर्माण भएपनि सपही र बसाही पुल निर्माण सुस्त गतिमा अघि बढेको छ । दुबै पुल ५ वर्षदेखि निर्माणको क्रममा रहेको छ । सडक निर्माणको काम जनकपुरको शहरी क्षेत्रमा भइरहेको छ भने सपही, बसाही, दुधमती, गंगुली र जटहीमा पुल निर्माण थालिएको ५ वर्ष बित्नै लागेपनि निर्माण पुरा हुन सकेको छैन ।
बसाहि पुलको पिलर ठड्याउने काम समेत पुरा हुन सकेको छैन ।
जटही–जनकपुर–ढल्केबर ६ लेन जनकपुर परिक्रमा उतर दक्षिण व्यापारिक मार्ग निर्माण गति सुस्त बनेको छ । भारतीय सीमानादेखि पुर्व–पश्चिम महेन्द्र राजमार्ग जोड्न ६ अर्बको लागतमा विभिन्न ५ भागमा विभाजन गरी ६ लेन व्यपारिक मार्ग निर्माणको काम सुस्त बनेको हो । जटही–जनकपुर १४ किलोमिटर खण्डलाई जटहीदेखि गंगुलीसम्म र गंगलीदेखि जनकपुर सम्म २ भागको सडक निर्माण भएपनि यस खण्डमा पर्ने तीन पुल बन्न सकेको छैन् । नेपाल–भारत सीमाना जटही, गंगुली र दुधमती पुल निर्माण हुन सकेको छैन । जटहीमा, गंगुली र दुधमती पुल निर्माण सुस्त गतीमा भइरहेको छ ।
जटही–जनकपुर–ढल्केबर ६ लेन जनकपुर परिक्रमा उतर दक्षिण व्यापारिक राजमार्ग आयोजना प्रमुख रामटहल यादवका अनुसार ४० किलोमिटर खण्डको ७ पुल मध्ये २ पुलाको निर्माण सम्पन्न भएको र ५ पुल चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने कार्यतालिका पेश गरेको छ ।
निर्माण सामग्रीको मुल्य बृद्धिका कारण पुल निर्माण कार्य प्रभावित भएको यादवले बताए । आर्थिक वर्ष ०७५÷७६ मा निर्माण सुरु भएको पुलको २ पटक म्याद थप भइसकेको छ ।
आयोजनाको ९० प्रतिशत पुरा भएको जनकपुर परिक्रमा व्यापारिक मार्ग विस्तार योजनाका इन्जिनियर विवेक झाले बताए । जनकपुरको विमानस्थलबाट ६ लेन सम्म जोडने सडकको समेत काम पुरा भएकोे इन्जिनियर झाले बताए ।
लामो समय सम्म सडक विस्तारले जनकपुर आवतजात कष्टकर बनेको छ । पुल बनाउन खनिएको खााल्डोमा पटक पटक गाडी दुर्घटना भएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech