जनकपुरधाम । धनुषा–४ र ३ बाट महासेठ दम्पत्तिको एकल नाम सिफारिस भएको । नेकपा एमाले धनुषा निर्वाचन क्षेत्र नं. ४ को आइतबार क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा बसेको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका रघुवीर महासेठको एकल नाम प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि सिफारिस गरेको हो ।

क्षेत्रीय अध्यक्ष अनिल कुमार यादवको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महासेठको एकल नाम सिफारिस गरिएको हो ।

समानुपातिक र प्रदेशसभातर्फको उम्मेदवारको नाम आगामी भोली मंगलबार बस्ने बैठकले गर्ने क्षेत्रीय अध्यक्ष यादवले बताए । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ महासेठको एकल नाम सिफारिस भएको उनले बताए ।

यता, धनुषा–३ बाट महासेठ पत्नी जुली कुमारी महतोको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ । जनकपुरमा आइतबार बसेको क्षेत्रीय बैठकले महतोको एकल नाम प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि सिफारिस गरेको एमाले धनुषाले जनाए । श्रीमान श्रीमतीमध्ये एक जनालाई समानुपातिकतर्फ सिफारिस गर्नुपर्ने पार्टीमा दबाब थियो । तर, क्षेत्र नं. ३ र ४ को बैठकले श्रीमान श्रीमती दुवै जनाको नाम प्रत्यक्षतर्फ सर्वसम्मतले सिफारिस गरेको हो । धनुषा क्षेत्र नं. १ र २ मा अझै  उम्मेदवार हुने आकांक्षीको नाम सिफारिस हुन सकेको छैन् ।

सम्बन्धित खवर