जनकपुरधाम । नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर २ मा उम्मेदवार सिफारिसको विषयलाई लिएर कुटाकुट भएको छ ।
क्षेत्र नं. २ का सभापति राजकिशोर सिंहको अध्यक्षतामा शनिबार बसेको नेपाली काँग्रेसको क्षेत्रीय बैठकमा कुटाकुट भएको हो ।
औरही गाउँपालिकामा बसेको बैठकमा संस्थापन पक्ष र रामचन्द्र पौडेल पक्ष बीच कुटाकुट भएको हो ।
उम्मेदवार सिफारिस विषयमा पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ता यादवका समर्थकबीच कुटाकुट भएको कांग्रेस श्रोतले बताए ।
रामकृष्ण कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर छन् भने मुक्ता सभापति शेरबहादुर देउवा पक्षमा छन् ।
रामकृष्ण पक्षले मुक्ताको नाम प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न नचाहेका कारण बैठकमा चर्काचर्की भएपछि कुटाकुट भएको हो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech