लालबन्दी । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानिपुरमा ग्याँस चुल्हो वितरण गरिएको छ ।
ग्याँस चुल्हो विस्थापित गर्ने उद्देश्यले बसबरिया गाउँपालिका ३ भवानिपुर र बरहथवा नगरपालिका १३ सुन्दरपुर चोहर्वामा ८६५ घरधुरीलाई ग्याँस चुल्हो वितरण गरिने मन्त्री वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए । उनका अनुसार शनिबार पहिलो दिन भवानिपुरका झण्डै ३ सय घरधुरीलाई ग्याँस चुल्हो बाँडिएको छ ।
प्रत्येक घरलाई भरिएको ग्याँस सिलिण्डर, चुल्हो, पाइप, रेगुलेटर र लाइटर प्रदान गरिने मन्त्री सिंहले बताए । उनले त्यस क्षेत्रमा अधिकांशले गुइँठा बालेर खाना पकाउने गरेकाले स्वास्थ्यलाई ख्याल गर्दै ग्याँस चुल्हो बाँडिएको बताए ।
यस्तै, मन्त्री सिंहले बसबरिया गाउँपालिका–१, मानपुरमा १० लाख रुपैयाँ लागतमा निर्माण भएको प्रतिक्षालयको शनिबार नै उद्घाटन गरेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech