वीरगञ्ज । पर्सा प्रहरीले श्रोत नखुलेको ७ लाख नेपाली रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप–महानगरपालिका वडा नम्बर ७ बस्ने ५० वर्षीय हरिनारायण प्रसाद कुर्मी रहेका छन् ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट क्राईम ब्रांच प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले सिमावर्ती भारतीय शहर रक्सौलबाट वीरगञ्जतर्फ आईरहेको ना २८ प २८९० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा टंयाकी मुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रूपैया ७ लाख बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

बरामद नगद सहित कुर्मीलाई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा कार्यवाही अगाडी बढाईएको प्रवक्ता डिएसपी दिपक गिरीले बताए ।

सम्बन्धित खवर