जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर बारा र वरिष्ठ नेता राजेन्द्र महतो धनुषाबाट सिफारिस भएका छन् ।
बारा–४ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्पm अध्यक्ष ठाकुरसहित चार जनाको नाम सिफारिस भएको हो । २०७४ सालको निर्वाचनमा ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।
बारा क्षेत्र नं. ४ को सोमबार बसेको क्षेत्रीय बैठकले अध्यक्ष ठाकुरसहित चार जनाको नाम सिफारिस गरेको हो ।
बैठकले अध्यक्ष ठाकुरसहित सांसद एकबाल मियाँ, सीताराम गुप्ता र शिबजी साहको नाम सिफारिस गरेको हो । बैठकले २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित सांसद एकवाल मियाँ, सिताराम गुप्ता, शिवजी साहको नाम समेत प्रत्यक्षबाट उम्मेदवारका लागि सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नम्बर ४ (क) बाट घनश्याम गिरीको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर ४ (ख) बाट लोसपा मधेश प्रदेशका अध्यक्षसमेत रहेका जितेन्द्र सोनलको एकल नाम सिफारिस भएको छ ।
यस्तै, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो धनुषा–३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्पm सिफारिस भएका छन् । धनुषा–३ का वर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका वरिष्ठ नेता महतोको आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनको लागि एकल नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष परमेश्वर साहले बताए ।
यसअघि २०७४ को निर्वाचनमा महतो धनुषा क्षेत्र नं. ३ बाटै कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरी प्रतिनिभिसभा सदस्यमा निर्वाचित भएका थिए ।
महतोले उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निधिभन्दा ३ हजार २२ बढी मत ल्याई निर्वाचित भएका थिए । महतोले २७ हजार ४९९ मत प्राप्त गर्दा निधिले २४ हजार ४७७ मत ल्याएका थिए ।
मंसिर ४ को निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेले जुलीकुमारी महतो र नेपाली कांग्रेसले परमेश्वर महासेठको नाम सिफारिस गरिसकेको छ ।
प्रतिनिधिसभाको लागि समानुपातिकतर्पm अम्बिका कुमारी यादव र सीता देवी रायको नाम सर्वसम्मतले सिफारिस गरिएको उनले बताए ।
लोसपा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को सोमबार बसेको बैठकले प्रदेशसभा क्षेत्र (क) र (ख) को लागि प्रत्यक्ष र समानुपातिकतर्पmको नाम सिफारिस गरेको हो ।
प्रदेशसभा (क) बाट कविन्द्र ठाकुर, श्याम कुमार मिश्र, रोहित चौधरी, उर्मिला मण्डल लगायतको नाम प्रत्यक्षतर्पm सिफारिस गरिएको छ । प्रदेशसभा (क) बाट समानुपातिकतर्पm ९ जनाको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष साहले बताए ।
(ख) बाट प्रदेशसभा सदस्य परमेश्वर साह, संजय कुमार चौधरी, कामेश्वर झा र दिपक झाको नाम प्रत्यक्षतर्पm सिफारिस भएको छ । परमेश्वर साह २०७४ को निर्वाचनमा प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech