जनकपुरधाम । जनकपुरधाममा प्रतिष्ठित समाजसेवी दिपेन्द्र ठाकुरले आगामी निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समाजसेवी ठाकुरले उम्मेदवारी दिने तयारीमा जुटेका हुन् । स्वतन्त्र रुपमा समाजसेवामा सक्रिय ठाकुरले राजनीतिक दलका परम्परागत नेताहरुको कार्यशैलीले युवामा बढ्दो निराशा अन्त्य गर्ने उद्येश्यले उम्मेदवारी दिने तयारी थालेका हुन् । उनी धनुषा निर्वाचन क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको शहरी र ग्रामीण वडाहरु सम्मिलित क्षेत्र नं. ३(ख) मा ठाकुरको राम्रो पक्कड मानिन्छ । उनी दुई दशक लामो समयदेखि जनकपुरधामलाई केन्द्रमा राखेर समाजसेवाका काम गर्दै आएका हुन् । उनको यो कदमलाई लिएर जनकपुरका युवा तप्का पनि उत्साहित देखिएका छन् । परम्परागत राजनीतिबाट आजित युवा वर्ग नयाँ अनुहार खोजेका हुन् । युवाहरुको चाहना समाजसेवी ठाकुरले पूरा गर्ने विश्वास गरिएको छ ।

राजनीतिमा सक्रिय नरहेपनि विभिन्न कार्यक्रमहरु मार्पmत जनकपुरबासीको उनी सेवा गर्दै आएका हुन् । २०६५÷०६६ मा जनकपुरका प्रतिष्ठित संस्था रामानन्द युवा क्लवका अध्यक्षको रुपमा पनि उनी जनकपुरका सबै तह,तप्का, समुदायमाझ पुगिसकेका छन् । पुरानो दलले पुरानै अनुहार अघि सारेपछि समाजसेवी ठाकुरलाई चुनावी मैदानमा उत्रिन उनका शुभचिन्तकहरुले दबाब दिएका छन् । राजनीतिमै सक्रिय भएर जनकपुरबासीको सेवा गर्न ठाकुरको शुभचिन्तकहरुले सुझाएका छन् । विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुले पनि राजनीतिमा सक्रिय हुन सुझाव दिएपछि ठाकुर आगामी चुनावमा उम्मेदवारी दिने मनस्थितिमा पुगेका छन् ।

सम्बन्धित खवर