काठमाडौँ । छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप आजबाट काठमाडौंको दशरथ रंगशलामा हुँदैछ। आज हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग खेल्दैछ।
नेपाल र भुटानबीच साँझ ५:३० बजे खेल सुरू हुनेछ।
नेपालले दोस्रो पटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।
नेपाल र भुटानले सन् २०१४ यता तीन खेल खेलेका छन्। नेपालले तीनै खेलमा भुटानलाई हराएको छ।नेपालले भुटानविरूद्ध तीन खेलमा १९ गोल गर्दा अहिलेसम्म गोल खाएको छैन।
आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ भने भुटान पनि आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो दावेदारी दिन चाहन्छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान छन् ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छ
Copyright © 2024, All Rights Reserved | Developed By ProTech