जनकपुरधाम । धनुषा तेतरियाका शिक्षकहरु सम्मानित भएका छन् ।
सभ्य र समृद्ध समाज निर्माणका लागि ज्ञानका ज्योति फैलाउने शिक्षकलाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
शिक्षा सुधार अभियानअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित श्री निम्न मावि तेतरियामा आयोजित कार्यक्रममा शिक्षा विज्ञ प्रा. डा. भोगेन्द्र झा र प्रदेश सांसद रामअशिष यादले उनीहरुलाई सम्मान गरेका हुन् । शिक्षकलाई प्रोत्साहित गर्ने उद्येश्यले सम्मान गरिएको हो ।
राज्यद्वारा उपेक्षित भई जीर्ण अवस्थामा रहेका सामुदायिक विद्यालयको मुख्य आधार स्तम्भ शिक्षकहरुको मनोवल उच्च गर्नका लागि उनीहरुलाई सम्मान गरिएको शिक्षा सुधार अभियानका दूत अम्भु प्रसाद साहले बताए ।
गुणस्तरीय शिक्षाका लागि राज्यले योजनाबद्ध तरिकाबाट शैक्षिक सुधार अभियान संचालन गर्नुपर्ने आवश्यकतामा उनीहरुले जोड दिएका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech