धनुषा–१ बाट मातृकाको एकल नाम सिफारिस
जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) धनुषाले चार वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि धनुषा–१ बाट पूर्वमन्त्री मातृका प्रसाद यादवको एकल नाम सिफारिस भएकको छ ।
जनकपुरधामस्थित पार्टी कार्यालयमा मंगलबार बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्पm सांसद यादवको एकल नाम सिफारिस गरेको हो । यसअघि २०७४ सालको निर्वाचनमा पनि नेता यादव प्रतिनिधिसभा चुनावमा निर्वाचित भएका थिए ।
त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क) बाट माओवादी धनुषा जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव ‘दिपक’, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस गरेको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) का लागि सरोज यादव, प्रदीप साह, गुलाव यादव, सूर्यनारायण मण्डल र विरेन्द्र महतोको नाम सिफारिस गरिएको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दिपक यादवले बताए ।
त्यस्तै धनुषाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ योगकुमार बरबरिया ‘श्रवण’को एकल नाम सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर २ (क) बाट देवचन्द्र यादव र रेखा मडलको नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नम्बर २(ख) बाट श्यामकुमार यादव, रामकिशोर पासमान, अनिल पासमान र वैद्यनाथ मण्डलको नाम सिफारिस गरिएको छ ।
जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि सौखीलाल पासवान र युगेश्वर यादवको नाम सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर ३(क) बाट अनिल पासवान, चन्द्रशेखर साह तथा क्षेत्र नम्बर ३ (ख) बाट महेश यादवको नाम सिफारिस गरिएको जिल्ला संयोजक यादवले बताए ।
क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि देवसागर दासको एकल नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यका लागि अशोककुमार यादव, नन्दकिशोर यादव, सुरेश यादव र सुरेश मण्डलको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यका लागि रामकुमार महतोको एकल नाम सिफारिस गरिएको संयोजक यादवले बताए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech