चन्द्रपुर । नेकपा (माओबादी केन्द्र) रौतहटले क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारको लागि जिल्ला इन्चार्ज युवराज भट्टराईको एकल नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले पार्टीका केन्द्रीय सदस्य समेत रहेका रौतहट जिल्ला इन्चार्ज भट्टराईको एकल नाम सिफारिस गरेको हो । त्यसैगरी समानुपातिकतर्फ देवकी नेपाल, गणेश बस्नेत, सुनिल खरेल र अमित कुमार श्रेष्ठको नाम सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नम्बर ४ (क) बाट मधेश प्रदेश सदस्य तथा रौतहट जिल्ला संयोजक देवेन्द्र पटेल, प्रदेश सभा सदस्य वीर बहादुर गोले र एकराज थापाको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्फ कमल पहारी, धरीचन राम, पदम कुमारी राणा, राम बहादुर घलान र टेकनाथ खरेलको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ नागेन्द्र यादव, इदमहमद मन्सरी र जितेन्द्र श्रीवास्तवको नाम सिफारिस गरिएको छ । सभानुपातिक तर्फ सकिलिया खातुन र सोमरिया देवीको नाम सिफारिस गरिएको पार्टीका जिल्ला इन्चार्ज भट्टराईले बताए ।

सम्बन्धित खवर