जनकपुरधाम । नेकपा एमाले धनुषा–१ प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं. १ को क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ सविता यादवसहित ६ जनाको नाम सिफारिस गरेको छ । सविता नेकपा एमालेका पूर्व नेता स्व.योगनारायण यादवकी पत्नी हुन् । उनीसहित रामचन्द्र मण्डल, अच्छेलाल महतो, किशोरी साह, रामसिंह यादव र तेजनारायण यादवको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा सदस्यको लागि समानुपातिकतर्पm उर्मिला देवी पासवान, फुलकुमारी महतो, राजकिशोर यादव, जहिरा खातुन, शिला यादव, असर्फी भिनवार, रौदी मुखिया, लक्ष्मण यादव र निलु कापर रहेका छन् ।
बैठकले प्रदेशसभा (ख) को लागि प्रत्यक्षतर्फ जिल्ला सचिव लक्ष्मीनारायण यादवसहित ९ जनाको नाम सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ लक्ष्मीनारायणसहित विश्वनाथ यादव, शिवु यादव, रामउदगार यादव, राजेश्वर यादव, धर्मेन्द्र कुमार साह, शिवचन्द्र मण्डल, सुर्यनाथ यादव र विजय यादवको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए ।
यादवका अनुसार प्रदेशसभा(ख) बाट समानुपातिकतर्फ धु्रव नारायण यादव, शिया देवी, जसोदिया देवी र केदार अधिकारीको नाम सिफारिस गरेको हो ।
नेकपा एमाले धनुषाले चार वटै निर्वाचन क्षेत्रबाट आकांक्षी उम्मेदवारको सिफारिस जिल्ला समितिमा पठाइसकेको अध्यक्ष यादवले बताए ।
जिल्ला कार्य समितिको बुधबार(आज) बस्ने बैठकले उम्मेदवारको नाम छनौट गरेर प्रदेश समितिलाई पठाउने उनले बताए ।
केन्द्रीय सर्कुलर अनुसार नेकपा एमालेले प्रत्यक्षतर्फ बढीमा तीन जनाको नाम सिफारिस गर्न भनेको छ । यसअघि नेकपा एमाले धनुषा क्षेत्र नं. ३ र ४ को नाम सिफारिस गरिसकेको छ । क्षेत्र नं. ३ बाट पूर्वमन्त्री जुली कुमारी महतोको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं. ४ बाट पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको एकल नाम प्रतिनिधिसभा निर्वाचनको लागि सिफारिस गरिएको थियो । धनुषा निर्वाचन क्षेत्र नं. २ मा पनि क्षेत्रीय बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका आकांक्षी उम्मेदवारहरुको नाम जिल्लामा सिफारिस गरिसकेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech