लालबन्दी । नेपाल समाजवादी पार्टी(नेसपा)का राष्ट्रिय अध्यक्ष एवं पूर्वमन्त्री महेन्द्र राय यादवको एकल नाम सर्लाही २ बाट प्रतिनिधिसभा निर्वाचनमा सिफारिस भएको छ ।
सर्लाहीको सदरमुकाम मलंगवामा बसेको पार्टीको जिल्ला कार्यसमितिको बैठकले अध्यक्ष यादवको एकल नाम सिफारिस गरेको हो ।
जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नाम समेत सिफारिस गरिएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech