जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरका सम्धी र सम्धिनी दुवै जना प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन् । धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ बाट ठाकुरका सम्धी उमाकान्त झाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ भने सम्धिनी इन्दिरा झाको नाम प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक तर्फ सिफारिस भएका हुन् । उमाकान्त झा प्रदेश ५ का पूर्व प्रदेश प्रमुख समेत हुन् । खिलारामज रेग्मी नेतृत्वको चुनावी सरकारमा उनी उर्जा मन्त्री समेत भएका थिए ।

धनुषा–४ लोसपा क्षेत्रीय समितिको बैठकले
प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उमाकान्त झासहित लक्ष्मण यादव र धिरेन्द्र मिश्रको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ इन्दु सिंह, जगदिश रविदास र इन्दिरा झाको नाम सिफारिस भएको छ । इन्दिरा संविधानसभा निर्वाचनमा समानुपातिकतर्पm संविधानसभा सदस्य चुनिएकी थिइन् ।

त्यस्तै, प्रदेशसभामा क्षेत्र नम्बर–४ को (क) का लागि प्रत्यक्षतर्फ नरेश यादव, मो. अकवर नदाफ र उपेन्द्र कुमार साहको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ ममता चौधरी, जितकुमार साह, गणेश मिश्र, उमेश यादव र निलम देवी साहसहित ५ जनाको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभामा क्षेत्र नम्बर–४ को (ख) का लागि प्रत्यक्षतर्फ अजय कुमार राउत, विजय सिंह, विन्दीलाल महतो र प्रदिप सिंहको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ डा. संजिव झा, रहमतुला कवारी, ममता चौधरी, राजकुमार थापा र जितकुमार साहसहित ५ जनाको नाम सिफारिस भएको छ ।

सम्बन्धित खवर