वीरगञ्ज । वीरगञ्जमा मधेश विश्वविद्यालय स्थापना भएको छ । जनता समाजवादी पार्टी(जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बुधबार मधेश विश्वविद्यालयको उद्घाटन गरेका छन् । मधेश प्रदेश सरकारको अगुवाइमा वीरगञ्जमा मधेश विश्वविद्यालय स्थापना गरिएको हो ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री यादवले विश्वविद्यालयको उदघाटन गरे । मधेश विश्वविद्यालयलाई प्रदेश सरकारले प्रदेश गौरबको रुपमा अघि बढाएको छ ।
विश्वविद्यालयको उपकुलपतिमा वीरगञ्ज पब्लिक क्याम्पसका सञ्चालक प्राध्यापक डा. दिपक शाक्यलाई नियुक्त गरिएको छ ।
यसअघि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजविराज, सप्तरी, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, मधेश विश्वविद्यालय, वीरगंज, कृषि विश्वविद्यालय, राजविराजमा स्थापना भइसकेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech