जनकपुरधाम । मधेश प्रदेश स्वास्थ्य निर्देशनालय सपहीका निर्देशक विजय झाको सरुवा भएको छ ।

निर्देशक झाको सरुवा राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रमा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका झासहित ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य समूहका ८ जना अधिकृतको सरुवा गरेका हुन् ।

मन्त्री खापुङले प्रसूति गृह अस्पतालको निर्देशकको जिम्मेवारी डा पवनजंग रायमाझीलाई दिएका छन् । रायमाझी यसअघि स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक थिए ।

यस्तै भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्दु बगालेलाई पठाइएको छ । यसअघि उनी हेटौंडास्थित कटजन्य रोग अनुसन्धान प्रयोगशालामा थिए ।

यस्तै सार्क क्षयरोग केन्द्रमा रहेका डा अनुप बास्तोलालाई उपचारात्मक महाशाखाको निर्देशक बनाइएको छ । सार्क क्षयरोग केन्द्रमा भने यशोदा अर्यालको पदस्थापन गरिएको छ।

निर्देशक सुनिल शर्मालाई प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशमा पठाइएको छ।

निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको काज फिर्ता भएको छ । उनी लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रमा जानु पर्नेछ । किटजन्य रोग प्रयोगशालामा भने केशव पण्डितलाई नै फर्काइएको छ ।

सम्बन्धित खवर