जनकपुरधाम । मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराईलाई पदमुक्त भएका छन् ।
उमेरहदका कारण उनी पदमुक्त भएका हुन् । उनी पदमुक्त भएको पत्र गृह तथा संचार मन्त्रालयले बुधबार मिडिया काउन्सिल मधेश प्रदेशको कार्यालयमा पठाएको छ । उनको उमेर ६९ वर्ष भइसकेको छ ।
भदौ ६ गतेको मन्त्रीस्तरीय निर्णयले उनलाई पदमुक्त गरिएको हो । मिडिया काउन्सिल सम्बन्धी ऐन संशोधन गरेर आफु लाई पदमुक्त गरिएको उनले बताए ।
नियुक्तीको बखत उमेरहद नराखिएपनि केही दिन अघि उमेरहद तोकिएको उनले बताए । हाल ६० वर्ष नाघेपछि स्वत्त पदमुक्त हुने व्यवस्था गरिएको छ । २०७७ माघ २९ गते मधेश प्रदेशको मिडिया काउन्सिलको अध्यक्ष नियुक्त हुँदा चार वर्षको समयसीमा थियो । तर, नियुक्ती भएको दुई वर्ष नबित्दै उमेरहद तोकेर उनलाई पदमुक्त गरिएको हो । २०७७ माघ २३ गतेको मन्त्रिपरिषद्ले उनलाई मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरेको थियो ।
ऐन संशोधन गरेर मिडिया काउन्सिल र आमसंचार प्राधिकरणका पदाधिकारी र सदस्यहरुले आफनो जिम्मेवारी बहन नगरेको पाइएमा विभागीय मन्त्रीले एकपटक स्पष्टिकरण सोध्ने र जवाफ चित्तबुझदो नआएमा पदमुक्त गर्न सक्ने व्यवस्था गरेको छ । गृह तथा संचार मन्त्री गत वर्ष नै मिडिया काउन्सिल र आम संचार प्राधिकरणका सदस्यहरुलाई पदमुक्त गर्नको लागि स्पष्टिकरण सोधेका थिए । तर, सदस्यहरुले कानूनी बाटो रोजेपछि मन्त्री साह पछि हटेका थिए । मन्त्री साहले ऐन संशोधन नै गरेर स्पष्टिकरणपछि सोझै पदमुक्त गर्न सक्ने व्यवस्था गरेका छन् । पदमुक्त गर्ने व्यवस्था भएपछि मिडिया काउन्सिल र आम संचार प्राधिकरणका सदस्यका पद जोखिममा परेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech