जनकपुरधाम । दिनदहाडै नगद लुटेर फरार दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
नगद लुटेर फरार भएका २ युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर–६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नम्बर–४ सपही बस्ने २३ वर्षीय सरोज दास रहेका छन् ।
बुधबार दिउँसो लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–४ सपहीस्थित मेगा बैंकबाट सोही ठाउँ बस्ने ७५ वर्षीय राम दासले १ लाख ८० हजार रुपैयाँ निकालेर घरतर्फ फर्किने क्रममा सपही गाउँबाट मोटरसाइकलमा आएका उनीहरूले दासको साथबाट सो रकम लुटेर भागेका थिए ।
घटनाको बारेमा जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतको प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरि खोजतलाश थालेको थियो ।
दासको नगद लुटेर फरार भएका व्यक्तिको बारेमा पता लगाउँदै जाँदा उनीहरूको खोज तलास गर्ने क्रममा बुधबार साँझ सपही चोकबाट दुवै जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।
लुटिएको रकम मध्ये १ लाख ७५ हजार रुपैयाँ भरोशी भन्ने नरेश यादवको घर अगाडि उनकै छाप्रो घरमा माटोमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो । त्यस्तै, सरोज दासको साथबाट १५ हजार रुपैयाँ फेला परेको र वारदातमा प्रयोग भएको ज १२ प ८५९३ नम्बरको मोटरसाइकल समेत बरामद भएको प्रहरी उपरिक्षक रजौरेले जानकारी दिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech