जनकपुरधाम । सब केयो पढु, आगा बढु नाराका साथ धनुषामा पनि ५६औं अन्तराष्ट्रिय साक्षरता दिवस मनाइएको छ ।
धनुषाको विदेह नगरपालिका–८ मावि बफैमा साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण विषयक कार्यक्रम आयोजना गरिएको हो ।
प्लान इन्टरनेशनलको सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत बिहीबार मावि बफैमा सो कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रअ धनन्जय झाको अध्यक्षतामा भएको कार्यक्रममा छात्रछात्रहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट गरेका छात्रछात्रालाई पुरस्कार स्वरुप स्टेशनरी प्रदान गरिएको परियोजनाका संरक्षणततर्फकी प्राविधिक संयोजक रितु तिवारीले बताइन् । तिवारीका अनुसार साक्षरता दिवसको अवसर पारेर शिक्षाको महत्व विषयक निबन्ध प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
निबन्ध प्रतियोगितामा कक्षा १० मा अध्ययनरत्त नितिका कुमारी साह प्रथम, कक्षा ९ की अल्का कुमारी साह द्वितिय, कक्षा ८ का चन्दन कुमार मण्डल तृतिय र कक्षा ७ का विजय कुमार मण्डल चतुर्थ स्थान हासिल गरेका छन् । उत्कृष्त गरेका छात्रछात्रालाई पुरस्कृत गरिएको तिवारीले बताइन् ।
शिक्षक राजकुमार साहले स्वागत मन्तव्य राखेकी कार्यक्रममा कमला नगरपालिका र विदेह नगरपालिकाकी फिल्ड सुपरभाइजरद्वय रंजिता यादव र सरस्वती शर्मा लगायत शिक्षक, छात्रछात्राको उपस्थिति रहेको थियो ।
‘साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण’ भन्ने नाराका साथ बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको हो ।
सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेश प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७५÷७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएपछि पछिल्लो समयमा साक्षर जिल्ला घोषणाको क्रम बढेको छ । हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेको छ ।
यसअन्तर्गत साक्षर घोषणा हुन बाँकी जिल्ला र पालिकामा सरोकारवालासँग अभिमुखीकरण, साक्षरताका १२ सूचकहरूलाई समावेश गरी सिकाई सामग्री उत्पादन गरेर वितरण, विद्यार्थी परिचालन गरी घर, परिवार र समुदायलाई साक्षर बनाउने गरी कार्यक्रम अघि बढाइएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech