जनकपुरधाम । जनकपुर सुन चाँदी व्यवसायी संघका अध्यक्षमा पवन ठाकुर विजयी भएकाछन् ।

बिहीबार भएको निर्वाचनमा ठाकुरले १५१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी अमरनाथ गुप्ताले १२७ मत पाएका छन् । संघको उपाध्यक्षमा राजिव कुमार साह(चन्दन) १७८ मत ल्याएर निर्वाचित भएका छन् । चन्दनका प्रतिद्वन्दी संजय कुमार साहले १०० मत प्राप्त गरेका हुन् । महासचिवमा संजय प्रसाद साहले १७० मत ल्याएर निर्वाचित भएका छन् । महासचिवका अर्का प्र्रत्यासी प्रमोद कुमार साहले १११ मत पाएका थिए । सचिवमा बलराम साह निर्वाचित भएका छन् । बलरामले १८६ मत ल्याउँदा उनका प्रतिद्वन्दी श्रवण साहले ९३ मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्षमा संजय कुमार साहले सर्वाधिक मत ल्याएर निर्वाचित भएका हुन् । संजय १९४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी श्रीमती सुमिन्त्रा देवीले ८७ मत ल्याएकी छन् ।

निर्वाचन गराउन जिम्मेवारी पाएका निर्वाचन प्रमुख ललित कुमार साहलाई संघले धन्यवाद ज्ञापन गरेको छ । सुनचाँदी व्यवसायलाई थप व्यवस्थित र व्यवसायीको हकअधिकारको लागि दृढतापूर्वक लाग्ने नवनिर्वाचित उपाध्यक्ष चन्दनले बताए । जनकपुरका सुनचाँदी व्यवसायीको पिरमर्काको मध्यनजर गरेर संघ अगाडि बढ्ने प्रतिबद्धता उपाध्यक्ष चन्दनले जनाए ।

सम्बन्धित खवर