बेलायतकी महारानी एलिजावेथको निधन भएको छ।
महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार साँझ ६ः ३० मा निधन भएको बकिङ्घम प्यालेसले पुष्टि गरेको छ । उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्।रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्। महारानी एलिजाबेथको जन्म २१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा भएको थियो । उनको वास्तविक नाम एलिजाबेथ एलेक्सान्ड्रा मेरी विन्डसर हो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech