जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हैसियत अनुसार सिट पाए मात्र लोसपाले अन्य दलहरुसंग चुनावी तालमेल गर्ने बताएका छन् । जनकपुरमा लोसपाको मधेस प्रदेश समितिको बैठकमा बोल्दै पुर्वमन्त्री समेत रहेका सोनलले लोसपालाइ कमजोर आकेर भीख दिए जस्तो गरे लाोसपाले कसैसंग तालमेल नगर्ने पनि प्रष्ट पारे ।
उनले मधेसमा मात्र नभइ अन्य प्रदेशमा पनि लोसपाको जनमत रहेको दाबी गर्दै लोसपालाई राजनितिक दल जस्तो व्यवहार गर्नेसंग मात्र चुनावमा तालमेल हुने बताए । गत स्थाानीय तहको निर्वाचनममा पनि कसैका सामु नझुकेर लोसपा एक्लैले चुनाव लडेर देखाएको स्मरण गराउदै सोनलले सम्मानजनक व्यवहार र मधेसको शक्तिका रुपमा व्यवहार गर्ने पार्टीसंग मात्रै चुनावी तालमेल हुने बताए ।
उनले राष्ट्रिय दलको मान्यता पाउन कम्तिममा पनि साढे तिन लाख मत ल्याउनु पर्ने चुनौती रहेको भन्दै तालमेलको मुख ताकेर नबस्न र आफनो वडा देखि क्षेत्र सम्ममा सक्रिय रुपमा चुनावी तयारीमा लाग्न नेता कार्यकर्ताहरुलाइ निर्देशन पनि दिए ।
गठबन्धन र एमाले दुबै तिर लोसपाको नजर
जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सत्ता गठबन्धन छाड्ने घुर्की दिन थालेसँगै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई रणनीतिक लाभ हुने देखिएको छ । यतिबेला लोसपा नेपाललाई नेकपा एमालेले आफ्नो पक्षमा पार्न प्रयास गरिरहेको छ । सत्तारुढ गठबन्धनबाट जसपा बाहिरिएको अवस्थामा स्वाभाविक रुपमा गठबन्धनले पनि लोसपालाई नै भित्र्याउने प्रयास गर्ने निश्चित छ । किनकि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा यसअघि नै गठबन्धनमा लोसपालाई भित्र्याउन प्रयासरत थिए ।
जसपाले साथ छाडेको अवस्थामा देउवाले लोसपालाई ल्याउन फेरि एक पटक जोडबल गर्ने बताइन्छ । यसअघि जसपाकै कारण लोसपालाई गठबन्धनमा ल्याउने बाटो छेकिएको थियो । सिट बाँडफाँटमा कुरा नमिलेपछि जसपाले केही दिनदेखि गठबन्धन छाड्ने धम्की दिँदै आएको छ । उसले देशभरमा प्रतिनिधिसभामा ३० र प्रदेशसभामा ६० सिट माग गरेको छ । जसपाले प्रतिनिधिसभातर्फ ३२ सिट रहेको मधेस प्रदेशमा मात्र कम्तीमा २० र प्रदेशसभातर्फ ३० सिट पाउनुपर्ने दाबी गरेको छ । लोसपाले सत्तारुढ गठबन्धनमा स्थान नपाए एमालेसँग तालमेल गर्ने गरी विकल्पलाई खुला राखेको छ । बिहीबारमात्र एमाले र लोसपाबीच गठबन्धनका लागि कुराकानी भएको थियो । लोसपाको ढुलमुले अवस्था देखेर एमालेले आफ्नो निष्कर्ष सुनाएको छैन ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech