जनकपुरधाम । सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो प्रहरीमा हाजिर भएका छन् । शुक्रबार उनी कानुन व्यवसायीमार्फत लहान प्रहरीमा हाजिर भएका हुन् । प्रहरीले महतोलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए । कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेपछि सम्पर्कविहीन भएका महतो शुक्रबार दिउसो लहान प्रहरीमा हाजिर भएको हो । कानुन व्यवसायी र पार्टीका नेता कार्यकर्ताहरुसहित शुक्रबार दिउँसो करिब सवा तीन बजे इलाका प्रहरी कार्यालयमा हाजिर भएका उपमेयर महतोले दिएको निवेदन दर्ता लगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको थियो । हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार सिराहा जिल्ला अदालतमा पेश गरिने लहान प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । जागिर लगाइदिन्छु भन्दै कार्यकक्षमा बोलाएर बलात्कार प्रयास गरेको भन्दै लहानकी २१ वर्षीया महिलाले किटानी जाहेरी दिएपछि उपमेयर महतो सम्पर्कविहीन भएका थिए । सम्पर्कविहिन भएको ५१ औं दिनमा उनी स्वयं प्रहरीमा हाजिर भएका हुन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech