जनकपुरधाम । २०७८ को एसईईमा उत्कृष्ट गरेका रौनियार समुदायका २३ जना छात्रछात्रालाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

रौनियार सेवा समितिका भ्रातृ संगठन रौनियार युवा मंचले छात्रछात्रालाई नगदसहित प्रशंसापत्र र मेडलले सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल रौनियार महासंघका महासचिव श्रवण कुमार साहले छात्रछात्राहरुलाई नगदसहित प्रशंसापत्र र मेडल प्रदान गरेका हुन् । सम्मानित हुनेमा सुनिका कुमारी गुप्ता, खुशी कुमारी साह, सीमा गुप्ता, प्रिन्स कुमार गुप्ता, नितिक रौनियार, आकृति गुप्ता, रजिन कुमार गुप्ता, अंकित कुमार रौनियार, स्नेहा गुप्ता, राजनन्दनी गुप्ता रौनियार, अम्बिका कुमारी गुप्ता, स्मृति कुमारी रौनियार, अंजली कुमारी, निभा कुमारी, राज गुप्ता, राधा गुप्ता, अनामिका गुप्ता, सागर राज रौनियार, रोशन गुप्ता, आशिका गुप्ता, अंशु गुप्ता, अमन गुप्ता र श्याम गुप्ता रहेका छन् । कार्यक्रममा रौनियार सेवा समितिका पदाधिकारी र सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर