जनकपुरधाम । विशेष अदालतले भ्रष्टाचार मुद्दामा वीरगञ्ज महानगरपालिकाका निवर्तमान वडाध्यक्षलाई तीन महिनाको सजाय गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका अन्य दुई जनालाई भने जरिवाना गरेको हो ।

न्यायाधीशहरु रमेश कुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । विशेष अदालत श्रोतका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १६ का निवर्तमान वडाध्यक्ष श्यामबाबु प्रसाद चौरसियालाई १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैद सजाय गरेको हो ।

यसैगरी जग्गा बिक्री गर्ने जहराती मियाँ धुनियाँलाई ८० हजार रुपैयाँभन्दा बढी र जग्गा खरिदकर्ता ग्यान्ती देवीलाई ९० हजार रुपैयाँभन्दा बढी जरिवाना भराउने फैसला भएको छ । वीरगञ्जका निवर्तमान वडाध्यक्ष चौरसियाले आफ्नो वडामा पर्ने धुनियाको जग्गा न्यून मूल्यांकन गरी सरकारलाई हानी नोक्सानी पु¥याएको आरोप अख्तियारको थियो ।

जग्गा विक्रेता धुनिया र खरिदकर्ता ग्यान्ती देवीलाई पनि प्रतिवादी बनाएको थियो ।

चौरसियाले प्रतिकठ्ठा ६० लाख पर्ने जग्गालाई जग्गाको थैली रकम कम राखेको अख्तियारको अनुसन्धानले देखाएको हो । ११ धुर जग्गाको खरिद विक्रिका क्रममा थैली रकम कम राख्दा सरकारलाई रजिष्ट्रेसन वापत झन्डै ९५ हजार र पुँजीगत लाभकर बापत साढे ८२ हजार रुपैयाँ नोक्सान भएको देखिएको थियो ।

सम्बन्धित खवर