काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड सुपरहिरो फिल्म ‘ब्रह्मास्त्र’ले भारत र विश्वभर उछाल ओपनिङ गरेको छ ।

फिल्मले भारतमा दुई दिनमै ९३ करोड भारु कमाएको छ भने सोही अवधिमा विश्वभर १६० करोड कलेक्सन गरेको छ । शुक्रबार भारतमा ३७ करोड ओपनिङ गरेको फिल्मले शनिबार ४२ करोड कमाएको थियो ।
कमाइमा दोस्रो दिन २० प्रतिशत उकालो लागेको छ । बक्स अफिसमा अघि बढ्न यो राम्रो संकेत हो । मिश्रित समीक्षाका बाबजुद पनि धर्मा प्रोडक्सनको फिल्मले उच्च ओपनिङ गरेको हो ।

पहिलो सप्ताहन्तमा फिल्मले १२० करोड भारु कमाइ गर्ने अपेक्षा गरिएको छ । कन्नड फिल्म केजीएफ २ ले भारतमा पहिलो शुक्रबार ४२.९० करोड र बाहुबली २ ले ४०.५ करोड ओपनिङ गरेका थिए । रणवीरकै अर्को फिल्म ‘सञ्जु’ले ३८.६० करोड ओपनिङ गरेको थियो ।
बलिउडमा ठूला स्टारका फिल्महरु एकपछि अर्को गरी असफल भइरहँदा ‘ब्रह्मास्त्र’को कमाइले ठूलै राहत दिएको छ । स्वयं रणवीरलाई पनि राहतको खबर हो किनभने उनको ठूलो बजेटको अघिल्लो फिल्म शमशेरा पनि फ्लप भएको थियो ।

चलचित्र विकास बोर्डका अनुसार ब्रह्मास्त्रले नेपालमा शुक्रबार र शनिबार २ करोड रुपैयाँ ग्रस कमाइ गरेको छ ।

सम्बन्धित खवर