सर्लाही । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहलाई सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाउन कांग्रेस मधेश प्रदेश समितिले सिफारिस गरेको छ।सिंहलाई मंसिर ४ को प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार हुन सर्लाही ४ कांग्रेस क्षेत्रीय समितिले सिफारिस गरेको थिएन।सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसले महामन्त्री गगन थापाको नाम मात्रै उम्मेदवार सिफारिस गरेको थियो। यो क्षेत्रमा २०७४ मा अमरेश नै उम्मेदवार भई जितेका थिए।आफ्नो नाम उम्मेदवारमा सिफारिस नगरेपछि अमरेशकुमारले मधेश प्रदेश कांग्रेस कार्यसमितिमा निवेदन दिएका थिए।अमरेशको निवेदनपछि उनलाई प्रदेश कार्यसमितिले रायसहित उम्मेदवार सिफारिस गरेको प्रवक्ता नितेश गुप्ताले जानकारी दिए।पार्टीको मधेश मुख्यसचिव सन्तुप्रसाद यादवले मधेश प्रदेशभित्रका तल्ला समितिबाट सिफारिस भई आएका र प्रदेशमा आवेदन परेकाहरूको नाम सिफारिस गर्दै केन्द्रमा नाम बुझाइएको उनले बताए।

सम्बन्धित खवर