मो.इन्तेखाब खालम

जनकपुरधाम । मधेश प्रदेश सरकारले स्वास्थ्य सेवालाई दुरुस्त तथा प्रभावकारी बनाउन मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्न लागेको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा गरिव, विपन्न, वृद्धबुद्धा, बालबालिका, महिला तथा सर्वसधारण जनतालाई स्वास्थ्य सेवामा पहुँच बढाउन प्रदेश सरकारले उक्त कार्यक्रम गर्न लागेको हो । प्रदेश सरकारले गाउँपालिका संग समन्वय र सहकार्य गरेर उक्त कार्यक्रम संचालन समाजिक विकास मंन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.मुक्ती नारायण साहले बताए ।

शहरभन्दा ग्रामीण क्षेत्रका गरिव, विपन्न तथा समाजमा पछाडि परेकाहरुको स्वास्थ्य सेवामा अझै पहुँच नभई समयमा स्वास्थ्य उपचारको अभावमा घरमै अनाहकमा ज्यान गुमाउने उनीहरुको लागि बरदान सावित हुने सर्वसाधारणको भनाई छ ।

जनताको बढ्दो स्वास्थ्य समस्यालाई समयमै पहिचान गरि स्वास्थ्य सेवामा जनताको पहुच सहज रुपमा गराउने उदेश्यका साथ उक्त कार्यक्रम संचालन गर्न लागेको समाजिक विकास मंन्त्रालयका स्वास्थय महाशाखा प्रमुख साहले बताए ।

कार्यक्रम पहिलो चरणमा गाउँपालिका र दोस्रो चरणमा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा क्रमश विस्तार हुदै जाने उनले बताए । पहिलो चरणमा प्रदेशका ८ वटै जिल्लाका ५९ पालिकाका ३ सय ५९ वटा वडामाहरुमा सो कार्यक्रम संचालन हुने उनले बताए । प्रदेशका १३६ वटै पालिकाको प्रत्येक वडामा मुख्यमन्त्री घरदैलो कार्यक्रम पुर्याउने लक्ष्य रहेपनि पहिलो चरणमा ५९ वटा पालिकामा मात्रै परीक्षणको रुपमा संचालन गरिने उनले बताए । प्रदेश सरकारले मुख्यमंन्त्री घरदैलो स्वास्थ्य सेवा कार्यक्रमका लागि १५ करोड रकम विनियोजन गरेको उनले बताए ।

कार्यक्रम अन्तर्गत प्रदेशभरिका ३५९ वटै वडामा एक÷एक हेल्थ असिस्टेन्ट र स्टाफ नर्सलाई खटाईने छ । यस हिसावले प्रदेश सरकारले सो कार्यक्रमलाई प्रभावकारी बनाउन ३ सय ५९ हेल्थ असिस्टेन्ट र त्यतिकै संख्यामा स्टाफ नर्स करारमा नियुक्ति गरिने उनले बताए । कार्यक्रम अन्तर्गत नियुत्त गरिएको हेल्थ असिस्टेन्ट(एचए) र स्टाफ नर्सले वडामा रहेका घर–घरमा गई वृद्धवृद्धा, बालबालिका, महिलासहितलको तौल, रक्तचाप, सुगर, पिसाब सहितको जाँच गरेर सोको तथ्यांक संकलन गरि सम्बन्धित निकायमा बुझाउने छ ।

स्वास्थ्य परीक्षण पश्चात कुनै व्यक्तिको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुलाई पुनः सम्पर्क गरि उपचारका लागि नजिकको स्वास्थ्य चौकी वा विरामीको अवस्था अनुसार स्वास्थ्य संस्थाहरुमा उपचारको लागि प्रेरित गरिने तथा स्वास्थ्य उपचारको वारेमा जानकारि गराउने कार्य तोकिएको डा. साहले बताए ।

उक्त कार्यक्रममा खटिने स्वयमसेवकहरुलाई करारमा नियुक्ती गरि प्रदेश स्वास्थ्य तालिम केन्द्रमा तालिम दिईने उनले बताए । तालिम पश्चात उनीहरुलाई वडा तोकिएर सम्बन्धित वडाहरुमा काम गर्नको लागि पढाइने उनले जानकारी गराए ।

सामाजिक विकास मंन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयको रेखदेख संचालन हुने सो कार्यक्रम बनिसकेको उनले बताए । कार्यक्रमको निर्देशिका बनेपनि आसन्न निर्वाचनलाई मध्यनजर गरेर उक्त कार्यक्रम अगाडी बढ्न नसकेको उनको भनाई थियो । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा अचार संहिता लाग्ने गरेको तत्काल उक्त कार्यक्रम स्थगित गरिएको उनले बताए ।

‘ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरुमा चित्सिक बस्दैन,नत कुनै औधषी हुन्छ । त्यस्तमो त्यहाँ पुग्ने सेवाग्राही रितो हात घर फर्कन वाध्य हुन्छ, जनकपुरधाम उपमहानगरपालिका–१२, दिलिप मण्डलले भने,‘ सरकारले स्वास्थ्य सम्बन्धित धेरै योजना ल्याए तर अधिकांश योजना व्यवहारमा आउन सकेको छैन् ।’

 

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग